स्याङ्जा। गृह जिल्ला स्याङ्जामा स्याङजा समाज यूकेका प्रमुख सल्लाहकार डेभिड गुरुङ सम्मानित भएका छन् । बेलायतबाट नेपाल आएका गुरुङलाई उनको जन्मस्थल सिरुवारीमा सम्मान गरिएको हो ।

सिरुवारी स्थित नवयुवा क्लबले गुरुङलाई विशेष कार्यक्रमको अायोजना गरी सम्मान गरेको हो । उनी एनआरएनए यूके, तमुधि यूके, हिन्दु महासंघ यूके, सोपाल समाज यूकेका सल्लाहकार समेत हुन् । सो कार्यक्रममा स्याङजा समाज यूकेका महासचिव डा. बलराम ढकाल, गायक राजन कार्की, समाजसेवी शोभा गौतम, पत्रकार दिनेश शर्मा लगायतको उपस्थिती रहेको थियो ।

सम्मान ग्रहण गर्दै गृह जिल्ला स्याङ्जाको माया ममता विश्वका जुनसुकै ठाउँमा बसेपनि रहिरहने बताए । उनले आफ्नो देश र जन्मगाउँलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्न आफू तत्पर रहेको समेत स्पष्ट पारे । सोही अवसरमा कोरोना महामारीको संकटमा डेभिड गुरुङले गरेको सहयोग सिरुवारीका स्थानीयले सम्झिए । सम्मान कार्यक्रम नवयुवा क्लबका सचिव सचिब उर्मिला गुरुङले सन्चालन गरेकी थिइन् ।






