शिब भण्डारी
लन्डन । नेप्लीज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका कोओर्डिनेटर मिलन घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक कोओर्डिनेटर कमल पौडेल, पूर्व कोओर्डिन्टर गंगा बहादुर राना, कमलराज खनालले सस्थाका गतिबिधिका विषयमा धारणा राखेका थिए ।

सचिब चुरामणी रेग्मीले संचालन गरेको कार्यक्रममा सल्लाहाकारहरू रामशरण सिंमखडा, बासु लामीछाने लगायतको उपस्थिति थियो । कार्यक्रम ग्रीन्फोर्ड स्थित गोर्खा स्पाइसी रेस्टुएण्टमा भएको थियो । साथै सो अवसरमा कोषाध्यक्ष ऋषि खनालले आर्थिक प्रतिबेदन,कार्यसमितिका सदस्य राजेन्द्र ओझाले उपस्थित सम्पूर्णलाई स्वागत गरे भने भगवती रानाभाटले सस्थाले गरेका सामाजीक कामहरूको चर्चा गरिन ।

डा मिन रानाभाटले कविता कन्सर्टका बिषयमा जिज्ञासा राखे । एक सय भन्दाबढीको उपस्थिति रहेको कार्यक्रममा सदस्यहरू शमिर नाथ प्याकुरेल, लेखनाथ घिमिरे बसन्त नेपाल, हरिभक्त न्यौपाने, मुना पौडेल, अन्जु सिग्देल, प्रभु न्यौपाने,प्रसुन राना,संजीब घिमिरे, साउण्ड सिस्टमका हेम बिस्ट लगायतको उपस्थिति रहेको थियो ।
कविता कन्सर्टको तयारी पूरा
मार्च १० तारिख शनिबार सांझ लण्डनको ग्रिनफोर्ड टाउन हलमा आयोजना हुने कविता कन्सर्टको तयारी लगभग पूरा भएको छ । कविता कन्सर्ट कार्यक्रमका संयोजक रामशरण सिंखडा एबं कोओर्डिनेटर मिलन घिमिरेलेका अनुसार सम्पूर्ण तयारी पूरा भएको लन्डन नेपाल न्यूज डट कम लाई बताए ।

बेलायतमा पहिलोपटक आयोजना हुन लागेको नेपाली कविता कन्सर्टमा सहभागी हुन युवा कवि नवराज पराजुली बेलायत आइपुगेका छन् ।
द्धन्द्धपीडित बालबालिकाको सहयोगका अलावा प्रवासमा नेपाली साहित्यको प्रबद्र्धनको समेत लक्ष्य राखी आयोजना हुन लागेको एक ऐतिहासिक कार्यक्रममा सहभागी हुन बेलायतस्थित नेपालीहरुमा आयोजकले आव्हान गरेका छन् ।






