जबसम्म सिङ्गो समाज विकासको मुल स्प्रिडमा हिड्दैन तबसम्म नयाँ नेपाल र प्रगतीवादको कुरा केवल दिवा मित्था हो  :  शूस्मा राई 

आज हामीले १०८ औ अन्तराष्ट्रिय नारी दिवस मनाइरहँदा यो क्षणमा महिलाका सन्दर्भमा यहँं मात्र होइन, विश्वमै र हाम्रो मातृभूमिमा पनि महिलाको अवस्थामा बारेमा बहस हुनेछन् । तर आजको यक्ष प्रश्न यो हो कि यस्ता दिवसीय अवसरमा महिला हक अधिरकारको बारेमा वहस पौरवी गरेर मात्र महिलाको उन्नती हुनेवाला छैन । तथापी यस्ता कार्यक्रम र दिवसको आफ्नै प्रकारको विशिष्ट महत्व रहेकोमा कसैको पनि विमती भने छैन ।

हामी नेपाली महिलाहरुले विशेषत अन्तराष्ट्रिय नारी दिवस मनाइरहँदा नेपाली नारीको अवस्थामा टेकेर व्याख्या विश्लेषण गर्नु उचित हुन्छ भन्ने मलाई लाग्छ । तपाई हामीलाई थाहै छ, आजसम्म पनि आमाको नाममा नागरिकता दिने सन्दर्भमा नेपालमा भयानक सकस छ ।

नेपालको समाज पितृसत्ताात्मक र सत्ताको कोपभाजनमा नेपाली नारीहरु आज प्रर्यन्त परिरहेको अवस्था छ । तर सापेक्षतामा हिजोको दयनीय एवं दुराअवस्थामा भने केहि सुधार आएको छ । नेपालको महिलाको अवस्थाको चर्चा गर्दा नेपालका दुरदराजमा महिलाको अवस्था जतिवेला सुदृढ हुदैन, जतिबेला सम्म महिलाहरूको बलत्कारपछि हत्या हुन्छ भने नेपाली नारी आजको दिनमा पनि असुरक्षित भएको प्रमाण खोज्न अन्त जानुपर्दैन ।

खै र ? अब नेपालको महिला आन्दोलनलाई कसरी नयाँ शिरावाट अझै सशक्त ढंगवाट अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हामी गम्भीर हुनैपर्छ ।  हामीले आज यो दिवस मनाइरहँदा नेपालका तमाम ती महिला जो आज पनि घरेलु देखि धेरैखाले हिंसावाट पीडित छन् । उनीहरुका सशक्तिकरणका लागि आवाज बुलन्द गर्नुपर्छ । यो हाम्रो दायित्व हो ।

यसवाट विमुख हुने अधिकार हामीलाई छैन । जतिवेला नेपालका गरिब , उत्पीडित महिलाको मुहारमा हासो देख्न सक्छौ, त्यतिबेला मात्र हामीले यो दिवसको मनाउनुको सार्थकता स्थापित हुनेछ । कुनै एउटा व्याक्ति उच्च तहमा पुग्दा वित्तिकै त्यो वर्ण, वर्ग, जाति र समुदायको सबै दुखको पहाड सक्कियो भन्ने तर्क मुखियादारी पालामा हुन सक्छ। तर हामिले कल्पना गर्ने भनेको समग्र विकास हो ।

जबसम्म सिङ्गो सामाज नै विकाशको मुल स्प्रिडमा हिड्दैन वा परिवर्तनहरु नाङ्गो आँखाले देखेर महशुस गर्न सकिदैन तबसम्म नयाँ नेपाल र प्रगतीवाद कुरा केवल दिवा मित्था हो । अन्तराष्ट्रिय महिला दिवस मनाउदै गर्दा हामीले नेपाली महिलाहरुको समग्र अवस्था हेर्यौ भने राजनैतिक रुपमा ठुलै परिवर्तन देखिएको छ । तर सामाजिक, आर्थिक, रोजगारी र समान अधिकारको हकमा भने अझैपनि चित्त बुझाउने अवस्थामा छैन ।

जस्तो कि नागरिताको सवालमा अझै पनि आमाको नामबाट दिने कुरा रोकिएको छ। यो नि एक किसिमको लज्जाको बिषय हो । आजको महिला जगतले युग सुहाउदो भुमिकाहरु सम्हाल्दै आएको छ ।

आकाशमा फाईटर जेटहरु उडाउने साहसिक काम देखी, सडक सफा गर्ने कामको भुमिकामा महिला आत्तिएको छैन, मात्तिएको छैन । हुन त ठुलो वा सानो पद महिला मुक्तिको आधार हुन सक्दैन, तर पक्कै पनि समीक्षाको बिषय हो । नेपालको सन्दर्भमा राष्ट्रपति समेत महिला हुनुहुन्छ । यो गौरवको कुरा हो ।

यो भुमिमा महिला आन्दोलन अनेक समयमा अनेक किसिमबाट हँुदै आए । त्यसले पाएको सफलता, असफलता जे जस्तो भएपनि हिजोको तुलनामा आजको महिला सबै दृष्टिले सक्षम छ भन्ने हो । तर राज्यको व्यबहार कुनै न कुनै रुपमा बिभेदको रुपमा उपस्थित हुन्छ। दुई तिहाई महिला घर धन्धा गरेर बस्दा मुलुकको प्रगति कस्को हातबाट हुन्छ ?

हुन त ठुलो वा सानो पद महिला मुक्तिको आधार हुन सक्दैन, तर पक्कै पनि समिक्षाको बिषय हो। नेपालको सनदर्भमा राष्ट्रपति समेत महिला हुनुहुन्छ । यो गौरवको कुरा हो।

यो भुमिमा महिला आन्दोलन अनेक समयमा अनेक किसिमबाट हुदै आए। त्यसले पाएको सफलता, असफलता ज जस्तो भएपनि हिजोको तुलनामा आजको महिला सबै दृष्टिले सक्षम छ भन्ने हो। तर राज्यको व्यबहार कुनै न कुनै रुपमा बिभेदको रुपमा उपस्थित हुन्छ। दुई तिहाई महिला घर धन्धा गरेर बस्दा मुलुकको प्रगति कस्को हातबाट हुन्छ ? नारी दिवसको यस अवसरमा शोषित,पीडित, उत्पीडन र दमनमा परेका महिलाहरुहरुले न्याय पाउन सबैमा शुभकामना ।