ग्रीनवीच कपको आन्तिम तयारी पुरा, खेल आज हुदै

image

लन्डन । साउथ इष्ट क्षेत्रीय तमुधिं र नेपाली युथ असोसिएसनको संयुक्त आयोजनामा गरिने ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता आज हुदै छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २० फुटबल टोली र ६ भलिबल टोलीको सहभागिता रहनेछ ।भलिबल टोलीको लागि bexleyheath भलिबल टोलीपनि सहभागि हुनेले थप आकर्सक दिलाउने आयोजकको दाबी छ ।

बिहान १० बजेदेखि सुरुहुने खेलमा दुवै खेलका टोली लाई समयमै मैदानमा सहभागी हुन आयोजकले बिनम्र अनुरोध गरेको छ। पार्किंग को लागि प्रवेश हाहा सडक बाट राखिएको छ। पार्किंग तथा अन्या केहि समस्या परेमा आयोजक लाई सम्पर्क गर्न सबैमा आयोजकले जानकारी दिएको छ।

ग्रीनवीच कप सकिसके पछि ग्रीनवीच एफसीको आयोजनामा लोटस क्लबमा म्यूजिक फेस्टिवल पनि हुंदैछ ।