एनआरएनले नेपालको सडक सुरक्षामा सहयोग गर्ने : सहमती पत्रमा हस्ताक्षर

लन्डन । गैर आवासीय नेपाली संघले नेपालको सडक सुरक्षामा सहयोग गर्ने भएको छ । एनआरएन र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयवीच नेपालमा सडक सुरक्षा सम्बन्धी ज्ञान र सीपलाई आदान प्रदान गर्ने, गैर आवासीय नेपालीहरुको सडक सुरक्षा सम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षा काममा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गर्ने जस्ता बुँदाहरु समेटेको सहमती पत्रमा हस्ताक्षर भएपछि सहयोग गर्ने कानुनी बाटो अगाडि बढेको छ ।

सहमती पत्रमा संघका तर्फबाट अध्यक्ष भवन भट्टले र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हस्ताक्षर गर्नु भयो । सहमती पत्र अन्तर्गत सडक सुरक्षा सम्बन्धि ज्ञान र सीपको आदान प्रदानका साथै सडक सुरक्षा बढाउने उद्देश्य नै एक परियोजना संचालन गर्ने सोच गैरआवासीय नेपाली संघको रहेको छ ।