कांग्रेसको राष्ट्रपति उम्मेदवार को ?

काठमाडौं– राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भए पनि कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा नेपाली कांग्रेसले छलफल नै सुरु गरेको छैन ।

२१ फागुनमा पार्टी संसदीय दलको चुनाव हुने भएकाले पार्टी सभापति शेरबहादुर देउवालगायत सबै नेता यसमै केन्द्रित भएका छन् ।

कांग्रेस नेता बालकृष्ण खाँडले संसदीय दलको नेता छनोटपछि यसबारेमा टुंगो लगाइने बताए ।