दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान फोरम तयार
काठमाडौं– संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको छ ।
दुईतिहाइ मत पुर्याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
यसैबीच, मन्त्रालय बाँडफाँटमा भने सहमति जुट्न सकेको छैन । समाचार अनुसार सरकारले २ मन्त्रालय दिने प्रस्ताव गरेको छ भने फोरमले ३ मन्त्रालय मागेको छ ।






