देउवाविरुद्ध रणनीति बनाउँदै पौडेल समूह

g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{no l;+xb/af/df d+unaf/ ;fFem a;]sf] s]Gb|Lo sfof{nosf kbflwsf/Lx?sf] a}7skl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो ।

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो ।

पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलबारे जानकारी गराएका थिए ।