कुन–कुन देशमा नियुक्त हुँदैछन् राजदूत ?

काठमाडौं– सरकारले मुलुकमा रिक्त राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

संघीय संसद्ले बुधबार कार्यसञ्चालन नियमावली पारित गरेसँगै सरकारले कूटनीतिक नियुक्तिबारे छलफल सुरु गरेको जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिए। यसअघि सुनुवाइ समिति नभएको कारण देखाउँदै नियुक्ति प्रक्रिया थाती राखिएको थियो।

सरकारले भारत, अमेरिकाको न्युयोर्क, मलेसिया र युनाइटेड अरब इमिरेट्समा तत्काल राजदूत नियुक्ति गर्ने भएको छ । न्युयोर्कमा यसपटक कूटनीतिक सेवाभन्दा बाहिरका वा लामो समय परराष्ट्र सचिव रहेका व्यक्तिलाई स्थायी नियोग प्रमुखका रूपमा पठाउन सक्ने अधिकारीहरूले बताए ।

परराष्ट्र सचिव शंकर बैरागीले भने निकटस्थलाई आफू न्युयोर्क जानेभन्दा पनि मन्त्रालयमा सचिवकै रूपमा कार्यकाल पूरा गर्ने, त्यसपछि मात्रै सरकारले आवश्यक ठानेमा जान सक्ने धारणा राख्दै आएका छन् ।