लिस्बन। नेपाली काँग्रेसको प्रवासी भाृत सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । नयां बर्ष २०७५ को अवसर पारेर समितिले यही २२ अप्रिल आईतबारका दिन शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको हो ।
पोर्चुगलमा रहेका काँग्रेसप्रति आस्थावानहरुलाई एकत्रीत र गोलबन्दीत गर्दै भावनात्मक एकता कायम गर्ने उद्धेश्यले शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको समितिका महामन्त्री बिनोद घिमिरेले जानकारी दिनुभयो ।
सो अवसरमा पोर्चुगलमा नवआगन्तुक काँग्रेसप्रति आस्थावानहरुलाई स्वागत गर्ने कार्यक्रम समेत रहेको महामन्त्री घिमिरेले बताउनुभयो ।
कार्यक्रम राजधानी लिस्बन स्थित बेलाभिस्टा पार्कमा हुने आयोजक सँस्था जनसम्पर्क समितिले जनाएको छ । पोर्चुगलमा रहेका काँग्रेसप्रति आस्थावानहरुलाई उक्त कार्यक्रममा सहभागी हुन समितिले आह्वान गरेको छ । शुभकामना आदानप्रदान तथा भेटघाट सँगै बनभोज कार्यक्रम समेत आयोजना गरिएको समितिले जनाएको छ ।






