बेलायतको कार्डिफमा मनाइयो प्रजातन्त्र दिवस

लण्डन । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली राजदूतावास लण्डनले पनि एक विशेष समारोहको आयोजना गरेको छ । दूतावासले वेल्सको राजधानी कार्डिफमा एक विशेष समारोह आयोजना गरी प्रजातन्त्र दिवस मनाएको हो । कार्यक्रममा बेलायती सांसद क्रिस डेवीज प्रमुख अतिथीको रुपमा थिए ।

कार्यक्रममा दुई सय भन्दा बढीको सहभागिता रहेको थियो । लण्डन लगायत वेल्स राज्यका कार्डिफ, व्रेकन, स्वान्सी, कुम्ब्रान, न्यूपोर्ट, निथ र एवरगामानी लगायतमा बसोबास गर्ने नेपालीहरु, गैर आवासीय नेपाली संघ लगायत नेपाली संघसंस्था र समाजका पदाधिकारी र प्रतिनिधिसहभागि रहेका हुन । साथै आयोजका अनुसार समारोहमा कार्डिफ, ब्रेकन, बनाथ र तालघाट नगरका मेयर, वेल्स संसदका सदस्य र पदाधिकारीहरु एवं नेपाल र नेपालीसंग सम्बद्ध गैरसरकारी संस्थाका प्रमुख र पदाधिकारीहरुको उपस्थिति थियो ।

सो अवसरमा नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले शहीदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रजातन्त्र स्थापनको विषयमा स्मरण गराउनुभएको थियो ।  बेलायतको प्रतिनिधि सभाका सदस्य क्रिस डेवीजले नेपालले यस वर्ष तीनै तहको निर्वाचन सफल बनाएर लोकतान्त्रिक अम्यासलाई संस्थागत गरेकोले अब आर्थिक रुपमा अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

सोही अवसरमा नेपाली कलाकारको साँस्कृतिक प्रस्तुति पनि थियो ।