लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी ५ घण्टा लामो सल्लाहकार परिषद बैठकपछि विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।
कार्यक्रममा नवनियुक्त सल्लाहकारहरुलाई बसेको टेबुल मै गएर सर्टिफिकेट र ढाका टोपीसहित बधाइ र शुभकामना दिइयो । 
एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न सो बैठकमा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्षहरु सुर्य गुरुंग, योगेन क्षेत्री र मुछेत्र गुरुंग, आइसिसी सदस्यहरु रामशरण सिंखडा, कुमारी गुरुंगसहित नवनियुक्त सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
त्यसअवसरमा अध्यक्ष फगामीले एक प्रिजेन्टेसन गर्दै सेप्टेम्बरमा निर्वाचित भएयता आफु नेतृत्वको कार्यसमितिले गरेका कामहरुबारे जानकारी गराएका थिए । कार्यक्रमको शुरुमा महासचिव आर के त्रिपाठीले कार्यक्रम रुपरेखाबारे बताए पछि उपाध्यक्ष पुनम गुरुंगले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रमको संयोजन तथा सञ्चालन प्रवक्ता रमेश सरांगकोटीले गरेका थिए ।
कार्यक्रममा एनआरएन यूके च्यारिटी विभाग प्रमुख उपाध्यक्ष प्रेम गाहामगरले आपतकालीन मानवीय तथा परोपकारी कोषको लागि अल्डरसटको एम्पाएर हलमा ३१ मार्च शनिबार आसन्न च्यारिटी, गोविन्द बेल्वासेले दोहोरो नागरिकता मुद्दा र भूपू गोर्खा अभियन्ता ज्ञानराज राईले गोर्खा आन्दोलनबारे बोलेका थिए । कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक बसन्त कुमार पंत लाई सम्मान गरिएको थियो ।
यसैबीच हालै लेफटिनेन्ट कर्णेलमा पदोन्नति भएका टोल खाम्चा मगर दम्पतिलाई एनआरएनए यूकेको तर्फबाट रिटायर्ड लेफटिनेन्ट कर्णेल याम रानाले विशेष सम्मान गरे ।
बैठकमा सल्लाहकारहरुबाट व्यक्त सल्लाह तथा सुझावहरुलाई पत्रकारहरु नविन पोख्रेल, नरेश खपांगी, शिव भन्डारी र पुर्ण गुरुंगको समुहले निम्नानुसारका विभिन्न दश बुंदामा उतारेको छ ।
१. गोरखाहरुको समान पेन्सनसम्बन्धी मुद्दालाई कुटनीतिक हिसाबले पहल गरी यथाशक्य छिटो समाधान गर्न मद्दत गर्ने ।
२. एनआरएन युकेको शाखा विस्तार काउन्टीलाई आधार बनाइ गर्नुपर्ने र युकेका सबै नेपालीलाई समेट्ने गरी संगठन बिस्तार गर्नपर्ने । सबै नेपाली संस्थाका अध्यक्षलाई पदेन सल्लाहकार चयन गरी उनीहरुलाई सदस्यता वृद्धि गर्ने ।
३. नेपाल हाउस प्रोजेक्ट हाम्रो सन्ततिको गौरवको योजना भएकाले यसलाई अगाडि बढाउनुपर्ने । नेपाल हाउस योजनालाई वेभसाइटमार्फत प्रभावकारी सूचना दिने र संचालनका स्थायी सचिवालय बनाउने ।
४. बेलायतका नेपाली समुदायमाझ र विशेषगरी वृद्धवृद्धाहरुमाझ स्वास्थ्यचेतना फैल्याउने । नेपाल तथा बेलायतमा स्वास्थ्य शिविरहरु संचालन कार्यक्रम गर्ने ।
५. एनआरएन युकेले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने ।
६. महिला तथा युवाहरुलाई एनआरएनए युकेमा आवद्ध हुन उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्नेे । संस्थामा महिला प्रतिनिधित्व बढाउनुपर्ने । युवाहरुलाई शिक्षा र रोजगारका लागि कार्यक्रम ल्याउनुपर्ने ।
७. एनआरएन युकेलाई विद्युतीकरण गर्नुपर्ने । सदस्यता सधैँ खुला हुनुपर्ने, र सदस्यता वितरण निर्वाचन हुनुभन्दा एक महिनाअघि बन्द गर्नुपर्ने ।
८. च्यारिटी कमिसनमा दर्ता भएका नेपाली संस्थाहरुलाई पदेन सदस्य कायम गर्ने ।
९. नेपाली नागरिकता बचाऔँ अभियानलाई सहयोग र ऐक्यवद्धता जनाउने ।
१०. युकेमा रहेका नेपालीले व्यक्तिगत र संस्थागतरुपमा नेपालमा शिक्षा स्वास्थ्य, पर्यटन क्षेत्रमा गरिरहेको सहयोगका बारेमा रेकर्ड राख्ने । लन्डन नेपाल न्यूज डट कमको लाइभ—






