लण्डनको साउथहल मन्दिरमा तीजविशेष कार्यक्रम हुंदै

शिब भण्डारी

लन्डन । नेपाली नारीहरुले मनाउने विशेष पर्व तीज नजिकै आइपुगेको छ ।  लन्डन साउथहलस्थित  विश्व हिन्दू मन्दिरमा तीजको अवसरमा विशेष कार्यक्रम हुने भएको छ ।

विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन समिति बेलायतको संयुक्त आयोजनमा तीजकै दिन पारेर सेप्टेम्बर महिनाको १२ तारिख बुधबारका दिन उक्त कार्यक्रम गर्न लागिएको हो ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वका अवसरमा सँधैजस्तै यसपटक  विश्व हिन्दू महासंघ बेलायत च्याप्टर पशुपतिनाथ सनातन समिति बेलायतको संयुक्त आयोजना हुन गैरहेको पूजाआजा तथा नाचगान कार्यक्रममा सहभागी भएर सघाउन विश्व हिन्दु महासंघ यूकेका अध्यक्ष चिरन्जीवी ढकालले बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् ।

बिहान १० बजेदेखि सांझ ५ बजेसम्मका लागि तय कार्यक्रममा सहभागी महिलाहरुले तीजको पूजाका साथै नाचगानको रमाइलो समेत गर्नेछन्। दिदीबहिनीहरूलाई भरपूर मनोरञ्जन गराउनका लागि सुप्रसिद्ध डिजे र कलाकारको समेत व्यवस्था गरिएको बताइएको छ ।

सम्पूर्ण बेलायतवासी नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित आयोजकले उक्त कार्यक्रममा निमन्त्रणा गरेका छन् । कार्यक्रम स्थल आइपुग्न बस, ट्युब तथा नजिकै पार्किङको पनि सुविधा रहेको आयोजक विश्व हिन्दु महासंघ यूकेले जनाएको छ ।

कार्यक्रम हुने स्थान :

VISHWA HINDU MANDIR

2 Lady Margaret Road

Southall UB2 2RA

समय :

बिहान १० बजे देखि साँझ ५ बजेसम्म

आयोजक :

विश्व हिन्दू महासंघ बेलायत च्याप्टर

पशुपतिनाथ सनातन समिति बेलायत

सम्पर्क :

श्री बालमुकुन्द जोशी 02087561764

पं. गोविन्द नेपाल 07946727164

पं चिरंजीवी ढकाल 07946599795

पं. दुर्गाप्रसाद पोख्रेल 07882418890

पं. नारायण पौडेल (गाऊँले) 07916733773

पं. शेखर काफ्ले 07402945383

श्री होमनाथ पौडेल 07888673660