ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै, शपथको तयारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री नियुक्त हुँदैछन्।

राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार वाम गठबन्धनका नेताहरु ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न केहीबेरमा राष्ट्रपति कार्यालय पुग्दैछन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारले आजै नयाँ प्रधानमन्त्री सपथ हुने गरी तयारी भइरहेको जानकारी दिए ।

यसअघि बुधबार बसेको एमाले स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

ओली दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि २०७२ असोजमा उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए।