काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आजैबाट लागु हुने गरी राजीनामा दिएका हुन्।
सम्बोधनमा देउवाले तीनै तहका चुनाव सम्पन्न गर्नु आफ्नो सरकारको महत्वपूर्ण उपलब्धी भएको बताए।
‘मैले धैर्य नगरेको भए संक्रमणकाल सकिने थिएन, बरु देशमा थप समस्या निम्तिने थिए,’ देउवाले भने, ‘म चाहन्थे काठमाडौंजस्तै तराई, पहाड हिमालका जनताले संविधानलाई आफ्नो मानून्।’






