सोल । दुई कोरियाबीच सम्बन्ध सुधारको प्रयास भएको छ । उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई निमन्त्रणासहितको विशेष पत्र पठाउँदै सम्बन्ध सुधारको प्रयास गरिएको हो ।
सोलस्थित राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले बताएअनुसार किमले विन्टर ओलम्पिकका लागि दक्षिण कोरिया भ्रमणमा रहेकी आफ्नी बहिनी किम यो जोंगमार्फत राष्ट्रपति इनलाई निमन्त्रणासहित सम्बन्ध सुधार्ने चाहेको सन्देश पत्र पठाएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार राष्ट्रपति इनसँग ब्लु हाउसमा किम यो जोंगले भेटवार्ता गरिन ।
उनले दाजुको पत्र हस्तान्तरणसमेत गरेकी छन्। पत्रमा प्योङयाङमा छिट्टै हुन लागेको तेस्रो अन्तर कोरियाली शिखर सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको छ। किमले राष्ट्रपति मुनलाई ‘सकेसम्म छिटो’ प्योङयाङ आउन भनेका छन्।






