कोइराला सरकारको एक वर्षे प्रगति सार्वजनिक हुँदै

काठमाडौं, ८ फागुन। कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले एक वर्षमा गरेका कामको समिक्षा सहित सरकारले आफ्ना उपलव्धीहरु सार्वजनिक गर्ने भएको छ ।  अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले पत्रकार सम्मेलनमार्फत सरकारको कार्य प्रगति सार्वजनिक गर्ने भएका हुन् । कांग्रेस र एमालेको सात बुँदे सम्झौता अनुरुप २०७० माघ २७ गते कोइराला नेतृत्वको संयुक्त सरकार गठन भएको थियो ।