बेल्जियम । बेल्जियम एक्स्पोमा नेपालले पनि सहभागिता जनाएको छ । नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएन बेल्जियमको पहलमा एउटा स्टल राखेर सहभागिता जनाएको हो । एक्स्पो यही फेब्रअरी ४ सम्म चल्ने जनाइएको छ । एक्स्पोमा नेपालको तर्फबाट रक सिद्धी म्युजीकल गुप्रको पनि सहभागिता रहेको छ ।
एक्स्पोमा बेल्जियस्थित नेपाली राजदूत लोक बहादुर थापा, नेपाल पर्यटन बोर्डका बेल्जियका लागि पर्यटन दूत रविन्द्रमान श्रेष्ठ र एनआएनए महिला संयोजक रजनी प्रधानलगायतको सहभागिता रहेको थियो ।






