लण्डन ।चर्चित गायक भरत सिटौलाले आफ्नो एल्बम “कि आउछु भनको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
कार्टुन क्रु,पल शाह र रक्षा श्रेष्ठको नृत्य र अभिनय रहेको म्युजिक भिडियोको रिलिज संगै चर्चा पनि चुलिएको छ ।
जिबन थापाको निर्देशनमा बनेको यस म्युजिक भिडियोलाई अनिल मानन्धरले छायांकन गरेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका छन् ।
आफ्नै शब्द संगीत र स्वरमा रहेको यस गीतलाई पनि आफ्ना दर्शक स्रोताहरुले यस अघिको गीत संगीतलाई जस्तै माया गरिदिने विश्वास लिएको गायक सिटौलाले बताएका छन् ।
गीतको म्युजिक भिडियो हेर्नुहोस:
https://m.youtube.com/watch?v=9w0VOkQ-fiQ






