नेपाली साहित्य विकास परिषद् यूकेको निर्वाचन मिती घोषणा

लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेको ११औँ कार्यसमितिको निर्वाचनको मिती तय भएको छ । कार्यसमितिको आगामी एप्रिल महिनामा निर्वाचन गर्ने गरि मिति सार्वजनीक गरिएको हो ।

परिषद्को वार्षिक बैठकले परिषद्का सल्लाहाकार तथा प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टको संयोजनमा आगामी एप्रील महिनामा सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ । स्थानीय वयम्ली रेस्टूरेन्टको सभा हलमा परिषद्का संस्थापक तथा अध्यक्ष सुरेश जंग शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले परिषद् महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्य़क्ष दौलत राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन गरेको छ । छलफलमा परिषदका वरिष्ठ पदाधिकारीहरू कोमल प्रसाद श्रेष्ठ मल्ल, धुर्व कोसी, वीरेन्द्र कुँवर, गोकुल भण्डारी, रेशमलाल अर्याल, मनोज अन्जानले आआफनो विचार राख्नुभएको समितिले जानकारी दिएको छ ।