विरोधबीच राष्ट्रपति जनकपुरतिर

bidhyaजनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मिथिलाञ्चलको ऐतिहासिक विवाह पञ्चमी महोत्सवमा सरिक हुन जनकपुर आउने कार्यक्रम तय भएको छ । तर, राष्ट्रपतिको भ्रमण रोक्न मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपति भण्डारी विवाह पञ्चमीको अवसरमा जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

राष्ट्रपति भण्डारी जानकी मन्दिर आइपुग्नुहुँदा उहाँलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगै नेपालका लागि भारतीय राजदुत रणजित राय, प्रधानसेनापति तथा अन्य विशिष्ट व्यक्तिको सहभागिता रहने जनाइएको छ ।

मौसम सफा भए उहाँहरु बिहान ११ बजेदेखि ३ बजेभित्र आउने कार्यक्रम रहेको छ ।