धर्म परिवर्तन गर्नेक्रम रोकियोस्: जोली

भारतीय जनता पार्टी (भाजपा)का नेता विजय जोलीले नेपालको संविधान निर्माण प्रक्रिया सहमति र सम्झौताको आधारमा शान्तिपूर्ण ढंगले अघि बढोस् भन्ने भारतको चाहना रहेको बताएका छन् । विहीबार राजधानीमा भएको एक कार्यक्रममा जोलीले छिटो संविधान बनाएर नेपाल स्थायित्व र विकासको बाटोमा अघि बढे भारतलाई पनि फाइदा पुग्ने बताए । नेता जोलीले सबै दलहरुलाई मिलेर अघि बढ्न पनि सुझाव दिए ।
उनले नेपालमा प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने लहर बढेकोप्रति पनि चिन्ता व्यक्त गरे । ‘नेपालमा मात्र नभइ भारतमा पनि प्रलोभनमा परी धर्म परिवर्तन गर्नेक्रम बढेको र यसले नकारात्मक प्रभाव पारेको’ उनको भनाइ थियो । जोलीले प्रलोभनमा परी धर्म परिवर्तन गर्नेक्रमलाई रोक्न सरकारले सार्थक प्रयास गर्नुपर्नेमा पनि जोड दिए ।