शिब भण्डारी
लन्डन– द्वन्द्वपीडित बालबालिकाको सहयोगका लागि लन्डनमा पहिलो पटक ‘लन्डन कविता कन्सर्ट’ च्यारीटी नाइट हुने भएको छ ।
नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी)यूकेको आयोजनामा आगामी मार्च १० तारिख शनिबार साँझ ग्रीनफोर्ड टाउनहलमा ‘लन्डन कविता कन्सर्ट कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक एबं एनबीसी यूकेका अध्यक्ष मिलन घिमिरेले लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा जानकारी दिए ।
आयोजक टिमले ३१ जनवरी बुधबार साँझ कविता कन्सर्टबारे जानकारी गराउन हिमालयन क्लब सडबरीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।
कविता कन्सर्टमा स्थापित नेपालकै उदीयमान युवा कवि नवराज पराजुलीले सांगीतिक वातावरणमा कविता सुनाउनेछन् । भने स्थानिय केहि कबि हरुले पनि कविता बाचन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा सहभागी हुन कार्यक्रम संयोजक एबं एनआरएन यूकेका पूर्व महासचिव एबं आईसीसी सदस्य रामशरण सिंखडाले अपिल गरेका छन् ।






