लन्डन । चलचित्र ‘कान्छी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । काया फिल्मस प्राईभेट लिमिटेड र बुम रेमिटको प्रस्तुतिमा सो चलचित्रको ट्रेलर सार्वजनीक भएको हो । आकाश अधिकारीको निर्देशन रहेको यस चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरासिया, भूमिका श्रेष्ठ, जयनन्द लामा, आशान्त शर्मा, अनु शाह, निर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
फागुन ४ देखि प्रदर्शनमा आउने ‘कान्छी’मा राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत, यम थापाको लेखन, हिमाल केसीको द्वन्द, पुरुषोत्तम प्रधानको छायाकंन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको निर्माण पक्षले जनाएको छ ।






