लन्डन– नेपाल पत्रकार महासंघ बेलायतले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट
सहितका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, उपकोषाध्यक्ष सोम सापकोटा सँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
शिब भण्डारीले तयार पारेको स्थलगत भिडियो लाइभ रिपोर्ट —-10 k . views
अक्टोबरमा अध्यक्ष र उपाध्यक्षको नेतृत्व सम्हालेपछि पहिलोपटक २२ जनवरीमा बेलायत आएका भट्ट,पन्तसँग मंगलबार साँझ लन्डनमा अन्तरक्रिया सम्पन्न गरिएको हो । इलिंग ब्रोडवेस्थित मन्टिजमा आयोजीत सो कार्यक्रममा पत्रकार महासंघले केन्द्रीय नेताहरुलाई औपचारिक रुपमा बधार्इ र स्वागत समेत गरेको छ ।
अन्तर्क्रियामा गैर आवासीय नेपाली संघको भावी योजना, विदेशमा रहेका नेपालीको संघबाट अपेक्षा, एनआरएनए र पत्रकारहरुबीच व्यवसायिक सम्बन्ध लगायत समसामयिक विषयमा छलफल भएको थियो । अध्यक्ष भट्टले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै सत्य, तथ्य समाचार प्रवाहमा सधैभ लाग्न आग्रह गरे ।
लन्डनमा आएसँगै आफूले १० अर्ब रुपैयाँ वरावरको कोष स्थापना गर्ने घोषणा गरिसकेको बताउँदै नेपालको आर्थिक सम्बृद्धिमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
एनआरएनले नेपालको हरेक क्षेत्रमा विकासको सुरुवात गर्न लागिपरेको उनको भनाइ थियो । कार्यक्रममा अध्यक्ष भट्टसहित उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, उपकोषाध्यक्ष सोम सापकोटा, यूरोप संयोजक शिव बडुवाल, एनआरएन यूकेका पूर्व महासचिव एबं आईसीसी सदस्य रामशरण सिम्खडा यूरोप बाट आएका एनआरएन नेताहरु लगायतको उपस्थिति थियो ।

यूके शाखाका महासचिव लीलामान शेरपुन्जाले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष नरेश खपांगी मगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पत्रकारहरु नविन पाखरेल,श्याम लुइटेल, शिव भण्डारी, पूर्ण गुरुङ, विमला सेने,जघन कार्की,दुत पुन, सिद्धार्थविक्रम क्षेत्री,खुसि लिम्बु लगायतले पत्रकारिताका विविधि पक्षबारे धारणा राखेका थिए । कार्यक्रमको व्यवस्थापन वीरेन खड्काले गरेको हुन ।






