हलेसी अग्नि पीडित परिवारलाई एनआरएनको सहयोग

लन्डन । गैर आवासी नेपाली संघ (एनआरएनए ) ले हलेसी अग्नि पीडित परिवारलाई.( राहत स्वरूप ) अत्यावश्यक खाद्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको छ । सो सहयोग यूइएमा आयोजीत एक कार्यक्रमकाबीच वितरण गरिएको छ । राहत अग्निपीडित ९ घर धुरीलाई प्रत्येक परिवार २ थान ओड्ने ब्ल्यांकेट, २ थान सिरानी, १०० किलो चामल, १५ किलो दाल, खाने तेल एक कार्टुन र १० किलो चिनी वितरण गरिएको हो ।