एशियन महिला एशोशिएशनद्वारा बाढी पिडितलाई १ लाख ४० हजार हस्तान्तरण

लन्डन । बेलायत स्थित संस्था एशियन महिला एशोशिएशन (आमा) द्वारा पत्रकार रबि लामिछानेको बाढी पिडित प्रोजेक्टलाई एक लाख ४० हजार हस्तान्तरण गरिएको छ।

गत बर्षको तिज कार्यक्रममा गरिएको राफलबाट संकलित रकम नेपालमा बाढी पिडितको लागि दिने अध्यक्ष अमिता बेलबासे एवं कार्य समितिको पूर्ब घोषणा अनुरुप संस्थाका महासचिब कल्पना गुरुङ र कोषाध्यक्ष संजु श्रेष्ठ नेपाल गइ सो रकम एक कार्यक्रमका बीच पत्रकार लामिछानेलाई हस्तान्तरण गरेका हुन्। स्मरण रहोस लामिछिनेले बाढी पिडितको लागि घर बनाउने प्रोजेक्टको नेतृत्व गरिरहेका छन्।

एशियन महिला एशोशिएशन (आमा) ले हरेक बर्ष तिज कार्यक्रमबाट रकम संकलन गरि माइती नेपाल, रक्षा नेपाल लगायतलाई सहयोग गर्दै आएको छ भने यू के मा स्थानिय स्तरमा समेत नेपालीद्वारा रजिस्टर शिब कल्चर एण्ड कम्युनिटी सेन्टर लगायत विभिन्न च्यारिटीलाइ सपोर्ट गर्दै आइरहेको छ।

आमाले समस्त आफ्नो संस्कृतिको रक्षार्थ हरेक बर्ष बेलायतमै सबै भन्दा ठुलो रुपमा तिज कार्यक्रम गर्नुका अतिरिक्त समस्त महिलाहरुलाई यहाँको परिवेशको सम्बन्धमा सुसुचित गर्नुका अतिरिक्त नेपाली भन्दा फरक समूदायसंगको आपशी सकारात्मक पारस्पारिकताको अभिवृद्धिमा उल्लेख्य योगदान दिदै आएको छ भने हरेक बर्ष नारि दिवसको अवसरमा विभिन्न निकायका व्यक्तित्वहरुलाई निम्त्याई इन्फोरमेसन डे को रुपमा मनाउदै आएको छ।