“चारै दिशा” बोलको म्युजिक भिडियो सार्वजनिक

गीतकार दीप गिरीको उत्कृष्ट शब्दमा रहेको “ चारै दिशा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार शिखर सन्तोषले संगीत गरेको उक्त गीत गायक राज खाम्वु र सुप्रसिद्ध गायिका साधना सरगमको सुरिलो स्वरले कर्णप्रिय बनेको छ । शान थापाले निर्देशन गर्नु भएको सो म्युजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको उत्कृष्ट अभिनय रहेको छ भने कोरियोग्राफर राजिप समिर रहेका छन् । त्यसैगरि छायाङ्कन सौराप लामाले गरेकाछन् भने सम्पादन भने सपिम पराजुलीले गरेका हुन् ।

https://youtu.be/ezQhPItzbS8

संगीतकार राजु सिंहको प्रतिविम्व भाग २ एल्वमवाट २०५० साल ताका “सुनकेशरी” वोलको गीतवाट रचना सुरु गरेका गीतकार गिरीका अरु गीतहरु प्नि सार्वजनिक भइसकेकाछन् जसमध्ये “फुटेको ऐना” बोलको गीत गायक कर्ण दाशले, त्यसैगरी योजना पुरीको समर्पण एल्वममा “मौका नै दिएनौ” नामको गीत सार्वजनिक भइसकेकाछन् भने केही गीतहरु आउने क्रममा छन्