पार्टीको १३ औं महाधिवेशन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आगामी महाधिवेशन भदौ पहिलो साता काठमाडौंमा गर्ने पदाधिकारीको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषीकेश तिवारीले जानकारी दिनुभयो । हिजोको पदाधिकारी बैठकले आगामी महाधिवेशन भदौ १ देखि ५ गतेसम्म गर्ने, साउन महिना भित्र वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशन सक्ने तथा त्यसअघि पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने प्रस्ताव तयार पारेको थियो । पार्टी विधान अनुसार एकबर्षे कार्यकाल थपिएको हालको कार्यसमितिको म्याद आगामी असोज १ गतेदेखि सकिने भएकाले कांग्रेस महाधिवेशनको तयारीमा जुटेको हो । यसैबीच कांग्रेसले दोस्रो संविधानसभा चुनावमा अन्तरघात गरेका भनिएकाहरुलाई माफी दिने तयारी गरेको छ । आफ्नै पार्टीका उम्मेदवारलाई सहयोग नगरेर अन्तरघात गरेको भन्दै अनुशासन समितिले नेतृ सुजाता कोइराला सहित १ सय ८३ जनालाई कारवाही गर्न सिफारिस गरेको थियो ।
कांग्रेसले भदौमा महाधिवेशन गर्ने






