डा. केसीलाई बाबुराम भट्टराईको समर्थन

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सोमबार राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ परेका डा. गोविन्द केसीलाई भेटेका छन् । डा. के सीसँग सिंहदरबार प्रहरी वृत्तमा गएर भेटेका हुन् ।

सो भेटपछि डा. बाबुराम भट्टराईले आफ्नो फेसबुक पेजमा डा. केसीसँगको भेट गरेको तस्विर सेयर गरेका छन् । उक्त तस्विरसँगै स्ट्याटस लेख्दै डा. गोविन्द केसीको समर्थन गरेका छन् ।

उनले भनेका छन् – ‘डा. के सी संग सिंहदरबार प्रहरी वृत्तमा, वहाँको मनोवल अत्यन्त उच्च छ, वहाँको साथमा सम्पूर्ण नेपाल र नेपाली छन्, सत्य र सत्ताको लडाइँमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको जीत हुन्छ ।’