अस्ट्रेलिया। उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका एक नेपालीको मृत्यु भएको छ।
केही महिना अघि मात्रै अष्ट्रेलिया आएका मोरङका २० वर्षीय मिलन तामाङको मृत्यु भएको हो। उनको ब्रेन ह्याम्रेजबाट मृत्यु भएको जनाइएको छ।
गत अक्टोबर ५ तारिखमा अस्ट्रेलिया आईपुगेका मिलन सिड्नी अवर्नमा बस्दै आएका थिए।
त्यस्तै स्वर्गीय मिलनको पार्थिव शरीर नेपाल पठाउन अनि परिवारको सहयोगको लागि तामाङ सोसाइटी अफ यन यस् डब्लुको विशेष पहलमा आर्थिक सहयोग संकलन अभियान पनि संचालन गरिएको छ।







