डा. गोविन्द केसीलाई पक्राउ गरेर अदालत ल्याउनू: सर्वोच्च

काठमाडौं– सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो । डा. केसीले प्रधानन्यायाधिश पराजुलीको माग गर्दै १४ औं अनशन सुरु गरेका छन् ।