प्रवासी नेपाली मञ्च बेलायतले मनायो १३ औं वार्षिकोत्सव [भिडियो सहित]

लण्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च बेलायतले आफ्नो १३ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
आइतबार सांझ लण्डनको साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, बेलायतको लेबर पार्टीका नेता तथा सांसदसहित बेलायतको विभिन्न क्षेत्रबाट आएका मञ्चनिकट सदस्यहरुको उपस्थितिमा मञ्चको वार्षिकोत्सव मनाइएको थियो ।
अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, विशेष अतिथी बेलायती सांसद ब्यारी गार्डनर, ह्यारो लेबर ग्रुपकी प्रमुख प्यामेला फिजप्याट्रिक, समाजवादी चिन्तक स्टिभ फरेस्ट, एनआरएन आईसिसी उपाध्यक्ष कुल आचार्य लगायतका विशिष्ट अतिथीहरुको सहभागिता थियो ।
मञ्चका महासचिव विजय लिंगदेनले सञ्चालन गरेको कार्यक्रमको पहिलो सत्रमा अतिथीहरुले मञ्चको १३ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथी राजदूत डा सुवेदी, विशेष अतिथी सांसद गार्डनर, ह्यारो लेबर ग्रुप लिडर फिजप्याट्रिक, नेता फरेस्ट, एनआरएन आइसिसी उपाध्यक्ष आचार्य लगायतले मञ्चलाई शुभकामना दिदै आगामी दिनमा अझै बढि सफल र जिम्मेवार संस्थाको रुपमा अघि बढोस् भन्ने शुभेच्छा प्रकट गरे ।
त्यसअवसरमा मञ्चका संस्थापक अध्यक्ष आकलजंग लामा, जनसम्पर्क समितिका विश्वआदर्श पण्डित, प्रगतिशिल मञ्चका पुर्ण लक्सम, पत्रकार महासंघका अध्यक्ष नरेश खपांगी, गेसो अध्यक्ष कृष्णकुमार राई लगायतले पनि शुभकानमा व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक तथा मञ्चका उपाध्यक्ष रामजी बरालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी, उपाध्यक्ष शेर सुनार ,यति नेपाल एसोसिएसनका कार्यवाहक अध्यक्ष शशिधर नेपाल, , सोलिसिटर राजु थापा,एनबीसी यूकेका मिलन घिमिरे,अर्घाखाँची समाज यूकेका अध्यक्ष बालकृष्ण भुसाल एबं बेलायतस्थित बुद्धिजिवी, व्यवसायी, राजनीतिक दलनिकट संघ संगठन तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका अतिथिहरुको उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र संस्थापक अध्यक्ष आकलजंग लामाले मञ्चको वार्षिकोत्सवको अवसरमा संयुक्त रुपमा केक काटेका थिए। कार्यक्रमको दोस्रो चरणमा कृष्ण तिवारीको संयोजननमा सांस्कृतिक प्रस्तुति देखँइएको थियो ।