सोलिसिटर थापाको नेतृत्वमा पप सम्राट विष्टको उपचार सहयोग संकलन सुरु

अभियानबारे जानकारी दिन सोलिसिटर थापा बेलायतका सञ्चारकर्मीहरुसंग

 लन्डन– एनआरएनए यूकेको सहयोग तथा सोलिसिटर राजु थापाको नेतृत्वमा पप सम्राट ओमविक्रम विष्टको उपचारका लागि बेलायतमा सहयोग संकलन सुरु भएको छ । अमेरिकामा रहेकैबेला मृगौलाबाट पीडित ६३ वर्षीय विष्टको उपचारका लागि थापाको नेतृत्वमा आर्थिक संकलन सुरु भएको हो । सहयोग संकलन अभियानको नेतृत्व सोलिसिटर एवं एनआरएनए यूके सल्लाहकार राजु थापाले गरेका छन् ।

पप सम्राट ओमविक्रम विष्टका साथ सोलिसिटर राजु थापा

एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले गायक विष्टको नाजुक स्वास्थ्यस्थिति अवगत गराउँदै आर्थिक सहयोग गर्न संघको अघिल्लो बैठकमा प्रस्ताव गरेपछि एनआरएनए यूकेले सोलिसिटर थापालाई संयोजक रहेको घोसणा गरेको थियो ।यसैबीच यस सहयोग संकलन अभियानमा सोलिसिटर राजु थापा, एनआरएनए यूके उपाध्यक्ष गाहामगर, महासचिव राजकुमार त्रिपाठी लगायत सक्रिय छन् । सोलिसिटर थापा र महासचिव त्रिपाठीले ले नेपालका पप सम्राट बिष्टको उपचारमा सघाउन बेलायतस्थित समस्त नेपालीमा अपिल गरेका छन् ।

यसै बीच एनआरएनए यूकेले उनको उपचार सहयोगार्थ चन्दा संकलनमा प्रभावकारी रुपले अघि बढाउन प्रयास गरिएको अध्यक्ष योगकुमार फगामीले बताए ।

विष्टलाई यसअघि क्षेत्री समाज बेलायतले पनि एक हजार पाउण्ड सहयोग गरेको थियो । विष्ट चर्चित साहित्यकार दौलतविक्रम विष्टका माहिला छोरा हुन् हुन् । विष्टलाई आर्थिक सहयोग गर्न इच्छुकले निम्न बैंक खातामा पैसा डिपोजिट गर्न सक्नेछन् ।

Lloyds Bank NRNA UK Ltd Sort Code- 30-99-88
Account Number- 50757760
Reference- Your name