शुसासन कायम गर्न स्थानियको सहयोग चाहिन्छ ः मुख्य सचिव पौडेल

गगनशिला खड्का

गुल्मी ५ फाल्गुण । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले शुसासन कायम गर्नका लागि स्थानियको सहयोग अपरिहार्य रहेको बताएका छन् । मंगलबार गृह जिल्ला गुल्मी आईपुगेका पौडेलले जिल्ला कृषि विकास कार्यालय गुल्मीले बलेटक्सार गाविसमा आयोजना गरेको कृषीको व्यवसायिक उत्पादन तथा बजारीकरण विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले देशमा शुसासन कायम गर्नका लागि नागरिक नै बढी चलाख हुनुुपर्ने बताए । पौडेलले भने ः“ शुसासन ल्याउनका लागि तपाईहरु सबैभन्दा बढी चलाख हुनुपर्दछ ।” पौडेलले जुन देशको नागरिकले गलत काम गर्नेलाई खवरदारी गर्न सक्दैन त्यस देशमा शुसासनको परिकल्पना गर्न नसकिने बताए ।
उनले सरकारले प्रदान गर्ने हरेक सेवालाई प्रभावकारी बनाउनका लागि स्थानिय जनताको सहयोग चाहिने बताए ।

SAM_4129
विषेश सरकारी कर्मचारी प्रति इंकित गर्दै पौडेलले भने ः“यदी कोही सरकारी कर्मचारीले गल्ती गर्छ भने कमेन्ट गर्नुुुुस ।” उनले कर्मचारीलाई प्रयोग गरेर आफुले पनि नाजायज फाईदा नउठाउन स्थानियलाई आग्रह गरे । उनले भने ः“ मलाई त्यो मान्छे भोली चाहिन्छ भनेर गल्ती लुकाईदिने र त्यसबाट आफुले पनि फाईदा लिने काम नगर्नुस ।” सोही अवसरमा पौडेलले कृषि क्षेत्रमा विचौलियाको अधिक दोहनलाई रोक्नका लागि उपभोक्ता र उत्पादक विचको सम्बन्ध प्रत्यक्ष रुपमा स्थापित गर्नुपर्ने बताए । उनले कृषीलाई व्यवसायिकरण गर्नका लागि एक गाविस एक उत्पादन हुनुपर्ने बताए । गुल्मी जिल्लामा पहिलो पटक सदरमुकाम बाहिर बलेटक्सार गाविसमा पुगेको ल्याण्डलाईन टेलिफोनको उद्घाटन् गर्दै
पौडेलले नेपाल टेलिकमको सेवा प्रवाहमा गुणस्तर नभएको बताए । उनले सरकारकै स्वामित्वमा रहेको टेलिफोन सुविधामा गुणस्तर नहुदाँ सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको बताए । पौडेले भने ः“पाल्पाबाट गुल्मी आउदाँ कुनै पनि ठाउँमा फोन लाग्दैन ।” त्यसमा थपे ः“ कमसेकम कुनै एक ठाउँमा त नेटवर्क लागोस ।”