पार्टी र सरकार निर्माण सँगसँगैः दाहाल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र सरकार निर्माणको काम सँगसँगै अघि बढने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले एकिकृत पार्टीको कार्यसमिति छिटो छरितो र सानो हुने बताएका छन् ।

उनले अनुभवि र अग्नि परीक्षाबाट खारिएकाहरुको सानो टिम बनाएर पार्टी पुननिर्माण गर्ने बताए । पोलिटब्यूरो, केन्द्रीय कमिटि पनि सानो नै बनाउने उनको भनाई छ ।

जनता टेलिभिनका समाचार प्रमुख अरुणदेव जोशीसँग कुराकानी गर्दै दाहलले भने‘ फुटबाट पीडा भोगेको धेरै भयो नेपाली जनताले, नेपालका कम्यूनिष्टहरुले, अहिले यो अवसर आएको छ, यो अवसरको सबैले सदुपयोग गर्ने छन् ।’