७५ वर्षीय भूपू गोर्खा लुट्ने २ जनालाई जेल सजाय

 लन्डन– ७५ वर्षीय भूपू गोर्खालाई लुट्ने २ जनालाई जेल सजाय भएको छ । लुटेरा ३० वर्षीय जसपाल सिंहलाई ५ वर्ष र ३६ वर्षीया केली रोजर्सलाई ३ वर्षको जेल सजाय भएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । बृद्ध गोर्खाबाट नगदसहित उनको परिचयपत्र र भगवान शिवको तस्बिर अकिंत सुनको तक्मा लुटपाट भएको थियो । प्रहरीले घटनाको सिसीटिभी फुटेज हेरेर लुटेराको पहिचान गरेको थियो । उनीहरु बस्ने फ्ल्याटबाट लुटिएको सामानसमेत बरामद गरिएको छ ।

http://news.met.police.uk/documents/nepali-translation-of-news-release-73402