एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक न्यूजिल्यान्डले विजयी सुरुआत गरेको छ । क्राइस्टचर्चमा भएको उद्घाटन खेलमा एसियाली ‘पावर हाउस’ श्रीलंकालाई ९८ रनले पराजित गर्दै न्यूजिल्यान्डले शानदार सुरुआत गेरेको हो । ३ सय ३२ रनको लक्ष्य विशाल लक्ष्य पच्छ्याएको श्रीलंकाले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय ३३ रन मात्र जोड्न सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३१ रनको विशाल योगफल बनाएको थियो ।
न्यूजिल्यान्डका लागि कोरी एर्डसनले सर्वाधिक ७५ रनको योगदान गरे । यस्तै, मार्टिन गुप्तिल ४९ रन जोडेर क्याच आउट भए भने ब्राडन म्याकुलम ६५ रनको योगदान गर्दै पवेलियन फर्किए । केन विलियम्सन ५७ रन, रोस टेलर १४ रन र ग्राण्ड एलिओट २९ बनाएर आउट भए ।
श्रीलंकाका सुरंगा लकमल र जीवन मेन्डिसले समान २–२ विकेट लिए भने रंगाना हेराथ र नुवान कुल्सेकराले १–१ विकेट लिए । श्रीलंकाका ओपनिङ ब्याट्सम्यान तिलकरत्ने दिल्सान २४ रन जोडको इनिङमा लहिरु थिरिमानेले सर्वाधिक ६५ रन बनाए । म्याथ्युजले ४६ तथा कुमार सांगाकाराले ३९ रन बनाउनबाहेक अन्य व्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।
न्यूजिल्यान्डका टिम साउथी, टेन्ट बोल्ट, एडम मिल्ने र कोरी एन्डरसनले समान २–२ विकेट लिए ।
न्यूजिल्यान्डको विजयी सुरुआत






