चेल्सीले न्यूक्यासलसँग बदला लियो

२७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले फेरि दुई अंकको अग्रता कायम गरेको छ ।

शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटी इभर्टनसँग १–१ को बराबरीमा रोकिँदा चेल्सीले न्यूक्यासललाई २–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले ४३ औं मिनेटमा ओस्कोरको गोलबाट अग्रता लिएको थियो । त्यसअघि न्यूक्यासलका सिसेकोको प्रहार बारमा लागेर फर्किएको थियो ।

खेलको ५९ औं मिनेटमा डिएगो कोष्टाले गोल गरेपछि चेल्सीले जित सुनिश्चित मात्र गरेन, लिगको पहिलो चरणमा ब्यहोरेको २–१ को हारको बदला समेत लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा इभर्टनले म्यानचेष्टर सिटीलाई १–१ को बरारीमा रोकेको छ । सिटीले ७४ औं मिनेटमा फर्नान्डिन्होको गोलबाट अग्रता लिएको थियो, तर चा मिनेटभन्दा जोगाउन सकेन ।

७८ औं मिनेटमा घरेलु टोलीले गोल ग¥यो र खेल १–१ को बराबरीमा सकियो ।

लिगको २१ खेलको समाप्तीमा चेल्सी ४९ अंकका साथ शीर्ष स्थानमा कायमै छ भने दोस्रो स्थानमा रहेको सिटीको ४७ अंक छ ।