अहमदाबाद रेलवे स्टेशन बमले ध्वस्त बनाउने धम्की आएपछि भारतमा तरङ्ग पैदा भएको छ। अज्ञात समुहले फोन गरेर अहमदाबाद रेलवे स्टेशन बम आक्रमणबाट ध्वस्त बनाउने धम्की दिएका थिए।
उक्त धम्कीपछि भारतको गुजरातस्थित अहमदाबाद रेलवे स्टेशन वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिहिबार अज्ञात समुहले फोन गरेर रेलवे स्टेशन बमले उडाउने धम्की दिएपछि भारतीय सुरक्षा व्यवस्थामा चुनौती थपिएको हो। उक्त धम्कीलाई प्रहरीले पनि गम्भिर रुपमा लिएको छ। उकत धम्कीपछि रेलवे स्टेशन नजिकका व्यक्ति त्रसित बनेका छन्।
धम्की कस्ले र किन दिएको भन्ने बारे भने नखुलेको समाचारमा जनाइएको छ। धम्कीपछि स्टेशनमा बम राखेको आशंकामा प्रहरीले खानतलासी गरिरहेको छ। एजेन्सी






