एउटा प्रेस विज्ञप्तीमा शाखाका अध्यक्ष डा. प्रणव ज्ञवालीले हेल्प नेपाल नेटवर्क युके ब्रिटेनको च्यारिटी कमिशनमा दर्ता गरिएको संस्था भएको र च्यारिटी कमिशनको नियम भित्र रही सामाजिक र कल्याणकारी काम गरिरहेको जनाए।
“कुनै पनि राजनीतिक उद्देश्यकालागि चन्दा उठाउने कुरा ब्रिटेनको नियमकानुन र यस संस्थाको घोषित उद्देश्य विपरित कुरा हो। त्यसैले त्यस्तो कुनै पनि गतिविधिमा हेल्प नेपाल नेटवर्क युके र हाम्रा सदस्यहरु संलग्न नरहेको स्पष्ट पार्न चाहन्छौं,” उनले भने।
उनले www.helpnepal.net मा गएर थप जानकारी लिन सकिने पनि बताएका छन्।
सामाजिक सन्जालहरुमा काठमाडौं एकबाट चुनाव लडिरहेका विवेकशील साझा पार्टीका संयोजक रबीन्द्र मिश्रलाई सघाउन हेल्प नेपालले बेलायतमा चन्दा उठाइरहेको भन्ने टिकाटिप्पणीहरु गरिएपछि हेल्प नेपाल नेटवर्क युके शाखाले तिनको खण्डन गरेको छ।






