धन क्षेत्री
लन्डन–आसन्न प्रतीनिधीसभा र प्रदेशसभा निर्वाचन सगै नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवालको प्रहरी सङ्ठन बाट अन्यायपुर्ण बहिर्गमन र नेकपा एमाले प्रवेश सगै ललितपुर बाट प्रतीनिधिसभाको प्रत्क्षय तर्फको उम्मेद्वार हुँदै गर्दा अनेक कोण बाट तर्क बितर्क हरु सतहमा आएकाछन ।
म आँफै ,एक पूर्व प्रहरी र् छोटो समय नवराज सिलवाल सग प्रहरी प्रधान कार्यालयमा भएको संगत लाई आज फर्केर हेर्दा ,लामो मेहनत पछी उनी ,पचासौ हजार सद्श्य भएको सङ्ठनको नेतृत्वोको धेरै नजिक पुगेर ,सत्ता र शक्ति दुरुप्रयोगको शिकार हुन पुगेका नवराज माथि राष्ट्रको ठुलो लगानी छ र उनको पनि दसकौको मेहनेत्,लगन्, इमान्दारिता,निसठा,र समर्पण अवश्य छ ।
प्रहरिमा बढुवा ,सामर्थ्यता,प्रतिभा ,दक्षता र सिर्जनसिलताको अधारमा हुनुपर्ने हो,जसमा नवराज एक नम्बर मा भएको जग जाहेर नै छ ,तर नेपालको राज्यसत्ताका केहि नेताहरु लाई यि कुराहरुको कुनै मुल्य छैन ! बरु तीनको साटो ,पार्टिको मान्छे,नातागोता,क्षेत्र ,चाप्लुसी ,र धनको खेलबाट बदुवा हुने पद्दति नै बिकास भैइसकेको देखिन्छ ! केहि पूर्व प्रहरी अधिकारिहरु भन्छन ,आईजिपी डिबी लामाको पाला देखी नेपाल प्रहरीमा राजनीति ,गलत तत्व र सरुवा बढुवामा हस्त्क्षेप घुसेको हो, त्यसो त लामा आफै सुन र लागुपदार्थ तस्कारको आरोपमा जेल परेका आईजिपी समेत हुन ।
प्रजातन्त्र पुनर्स्थापना पछी तत्कालिन गृहमन्त्री शेरबाहादुर देउबाको पाला देखी भने भर्ना र पदोन्त्तिका मामिलामा प्रहरी सङ्ठनमा पुरै राजनितिकरण स्थापित भयो र पछिल्लो पीडित भए डिआईजी (DIG ) नवराज सिलवाल ,बुद्दिजिविहरु भन्छन,नेपाल प्रहरीको प्रमुख आईजिपी पदलाई जसरि खेलौना बनाईयो ,यसको क्षतिपुर्ती दिर्घकाल सम्म राष्ट्रले गर्न सक्दैन , जुन पिडा बाट नवराज अगाडी बढेका छन ,यो आफैमा साहासिक कदम हो र साचो अर्थमा यस्को पनि क्षतिपुर्ती हुन सक्दैन ! ईतिहासले यस्ता ‘ कु ‘ हरुको छुटै लेखाजोखा गर्दै जाला,तर यस्ता खेलवाड्ले नवराजहरु जन्माई रहने भयो ,सोचनिय प्रश्न यो हो ! राज्यको उपस्थितिको आभास दिने प्रहरी सङ्ठनको नेतृत्वो चयनमा हुने यस्ता अस्वस्थ्य चलखेलले प्रहरी सङ्ठनलाई मात्र होईन,लोकतान्त्रीक पद्द्ती र नागरिक प्रसाशन बारे चासो राख्ने जो सुकैका लागी गम्भिर चिन्ताको बिषय हो ।
यसै सन्दर्भमा पुर्व प्रहरी बरिठ उपरिक्षक बसन्त राज कुवरको ” खुशी नभएका तीन अनुहार ” शिर्षकको लेख सान्दर्भिक देखिन्छ ! शाही शासनकालामा झुठा मुद्दा बोक्नु परेका कारण सेवा दिन सकेको थिईन,अदालतले सफाई दिई सेवामा फर्कदा SSP पदको मेरो समयवधी मात्र दुई महिना बाकी थियो,अथवा दुई महिना भित्र उनको बढुवा वा म्याद थप नभए उनि प्रहरी सेवाबाट स्वत मुक्त हुन्थे !कुवर लेख्छन्, शाहिशासनकालमा दुख पाएकाहरु प्रधानमन्त्री ,मन्त्री लगायत सासद भ्ए कर्मचारीहरु सचिब र मुख्यसचिब भए तर नेपाल प्रहरीमा तत्काल रिक्त रहेको डिआईजी (DIG ) मा म एकमात्र दावेदार हुँदाहुँदै पनि तत्कालिन गृहमन्त्री ,गृहसचिब तथा महानिरिक्षक तीन जनाको उदासिनताले र गृहमन्त्रीले मलाई काङ्रेस होइन भन्ने आग्रहले म डिआईजी (DIG ) बन्न सकिन र दुई महिना समाप्त भयो ,म नेपाल प्र्हरी बाट बहिरिनु पर्यो ! भन्छन बसन्त कुवर नेपाल प्रहरिमा मात्र होइन्,भरतमा पनि समय समयमा यस्ता उदारणहरु छन ,भारतको प्रथम महिला आईपिएस अफिसर (IPS Officer ) किरण बेदी सिनियर हुँदा हुँदै उनि भन्दा धेरै जुनियर डडिवाल लाई दिल्लि प्रहरीको प्रमुख ( Police Commissioner ) बनाए पछी बेदिले प्रहरी छाडेकी थिइन !
नेपालमा चुलिएको चरम भ्रस्ट्चार ,कमजोर नेतृत्वो र ब्यापक राजनितिकरणका परिणाम स्वरुप नवराज सिलवाल् , बसन्तराज कुवर , राजेन्द्र बहादुर सिंह , पार्वती थापाहरु आईजिपी ( IGP ) हुनबाट बन्चित हुन परिरहेको छ ! प्रहरीमा केहि गर्न सक्ने भनि हेरिएका नवराज सिलवाल राजिनामा गरी एमालेमा प्रबेश गरी सकेका छन र झान्डै बिस बर्ष पछी हुन गैरहेको ससद्को निर्वाचनमा सोही पार्टी बाट उमेद्द्वार भैरहेका छन ।
भिन्न पेशा ,प्रसिक्षण ,भिन्न स्कुलिङ बाट खुट्किला चडदै डिआईजी (DIG )बनेका सिलवालालाई जब दरिलो साथ चाहिएको थियो,एमालेले हात फैलाएर ,कुनै कन्जुसियाई नगरि अबिर र अभिवादन सहित केन्द्रिय राजनीतिमा स्वागत गरिरहदा उनले पनि सहास गरे,त्यो उनको पिडा बिरुद्द्को लडाईको शखघोस हो,यो भन्दा उत्तम निर्णय सायद अरु कुनै हुन सक्थ्यो , दबिएका आवाज हरुको प्रतीनिधीका रुपमा धेरै नेपालिहरुले यो निर्णयलाई दमदाररुपमा लिएका छन ,जुन ,स्वागत योग्य छ्,उनको न्यायको लडाई सग मेल खादो छ ।
सिलवालले समाजको सामाजिक पक्ष ,राजनैतिकपक्ष लाई हार्दिकताका साथ ग्रहण गर्दै मुलुक बनाउने योजनाहरु सुत्रबद्द गर्दै सम्बृद्द नेपाल बनाउने सन्कल्पमा होमिनु पर्नेछ । राजनितिमा बद्लाव वा परिवर्तन गर्न र नयाँ नेपालको यात्रामा सिङो मुलुक हिडाउन पुरातनवादी सस्कार सग सघर्स गर्ने सन्कल्प गर्दै,नेपालको बिकाश रणनिती बनाउन मौलिक भूमिका खेल्नु पर्दछ ,उनी र उनको अनुभब बाट पार्टी र रास्ट्र्ले धेरै अपेक्षा गरी रहेको छ । धेरै जनाताले उनको निर्णयको स्वागत गरेकाछन्,र सकरात्मकरुपमा लिएकाछन । नवराजले प्रहरिमा आईजिपी (IGP ) बन्ने अवसर त पाएनन तर त्यही कारण उनि ससद हुने दौड्मा दौडिन पाएका छन ,अबको दौड उनको सामर्थ्यमा भर पर्छ्, समयले ल्याएको यो जिम्मेवारिमा उनि कती तैरिन सक्छन ,त्यस्ले मात्र उनको अगाडिको बाटो तय गर्नेछ ।
अर्को महत्वोपुर्ण पक्ष के छ भने यो उनको मात्र सफलता र असफलताको बिसय रहने छैन ,उनी जस्तै बिबेद्,र उत्पिडन भोगिरहेका धेरैको भावना र न्यायप्रेमी जनता समेतले यो आफ्नो लडाईका रुपमा आत्म साथ गरी रहेका छन ।जस्ले उनको निर्वाचनमा प्रमुख भूमिका खेल्ने छ । शुभकामना तथा अग्रिम बधाई क.नवराज सिलवाल
लेखक- धन बहादुर क्षेत्री प्रवासि नेपाली मन्च ,बेलायत






