संविधानसभाबाट रुपान्तरित ब्यवस्थापिका संसदको अन्तिम बैठकमा बोल्दै प्रचण्डले विगतमा आफ्नो जिम्मेवारीमा महत्वपूर्ण काम गरेको दाबी गरे ।
उनले देश र जनताप्रति निष्ठाका साथ आफूले उत्पीडित वर्ग समुदायका हक अधिकार प्राप्तीका लागि निकै ठूलो कोशिश गरेको उल्लेख गरे ।
मधेस समुदायका जागज मागलाई पूरा गर्न इमान्दारीताका साथ अगाडि बढायौं ।
वाम गठबन्धनबाट नतर्सिनुस्
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धनबाट नतर्सिन सबैलाई आग्रह गरेका छन् । कम्युनिष्टहरु एक हुने कुरा कसैप्रति परिलक्षित नरहेको उल्लेख गर्दै उनले त्यसबाट नतर्सिन पटक पटक आग्रह गरे । उनले भने– ‘बजारमा कम्युनिज्म आइ नै सक्यो भन्ने हल्ला विचित्र रहेको छ ।’ उनले कम्युनिष्टहरु एक हुँदैछ भनेर कोही पनि तर्सिन नहुने बताए ।
आफूहरुले धेरै मेहनत गरेर संघीय लोकतान्त्रिक गणतान्त्रिक सविधान निर्माण गरेका भन्दै उनले अहिलेको प्रक्रियाबाट शान्ति प्रकृया टुंगो लगाउने कुरा चानचुने नभएको बताए । उनले आइतबारदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन प्रकृया शुरु हुने भएकाले संसद अन्तिम भएको स्मरण गर्दै उनले अहिले विगतको जस्तो तितो अनुभव लिनु नपरेको बताए ।
संविधान जारी गरेर कार्यान्वयनमा लगेर यो संसद समाप्त हुन लागेको भन्दै उनले खुशी व्यक्त गरे । उनले भने, हामी गर्वका अनुभूति गरेका छौ ।’
कहिले कांग्रेस कहिले एमाले बेखुशी
माओवादी केन्द्र कहिले दायाँतिर ढल्केको र कहिले बयाँ ढल्केको भन्दै विभिन्न टिप्पणी हुने गरेको भन्दै प्रचण्डले त्यसबाट आश्चार्यमा नपर्न आग्रह गरे ।
कहिले काँग्रेस खुशी भएको होला कहिले एमाले खुशी भएको होला तर राष्ट्रिय एकताका लागि कहिल्यै विचलित नहुने प्रतिवद्धता उनले जनाए ।
‘कहिले कांग्रसका साथीहरु खुशी हुने, एमाले साथीहरु बेखुशी हुने, कहिले एमालेका साथीहरु खुशी हुने, कांग्रेसका साथीहरु बेखुशी हुने अवस्था आयो होला’– प्रचण्डले भने, हामी कम्युनिष्ट पार्टी हौं, देशका सबै कम्युनिष्ट पार्टीलाई एक गर्ने महसुस हुन्छ ।’
प्रचण्डले त्यसबाहेक अरु दलहरुसँग सहकार्य र सविधान कार्यान्वयनमा सहकार्य हुने उनले बताए । हाम्रो मूल्य र मान्यता र राष्ट्रको हितमा आफूहरु अगाडि बढिरहेका उनले दाबी गरे ।
कम्युनिष्टहरुको एकाधिकार आउने भयो भनेर अहिले मिडियाहरुमा हल्ला चलेको प्रचण्डले उल्लेख गरे । कम्युनिष्ट शाशन त आउनै लाग्यो भन्या जस्तो गरी हल्ला चलाइएको उनको भनाई थियो ।
कम्युनिष्ट एकता सरकारप्रति लक्षित छैन
माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समय हुन लागेको कम्युनिष्ट एकता सरकारप्रति लक्षित नभएको बताए । दशवर्षदेखि कम्युनिष्टहरु एक हुनुपर्ने प्रयास गरिरहेको बताउँदै उनले यसैलाई लक्षित गर्दै सरकार ढाल्ने, सरकार परिवर्तन गर्ने जस्ता काम भइरहेको भन्दै त्यसको आलोचना गरे ।
लोकतन्त्र अभ्यास भित्रैको कुरा रहेको दावी गर्दै उनले काँग्रेससँगको सम्बन्धलाई पनि तोड्न नचाहेको बताए । देशमा कम्युनिष्ट शासन आउन थाल्यो भन्ने हल्लामा प्रधानमन्त्रीले पनि विश्वास गर्न लागेको भन्दै प्रचण्डले त्यसमा आफूलाई दुख लागेको बताए । उनले अनावश्यक आशंका नगर्न आग्रह गरे ।
संविधान निर्माणमा सचेत
सविधानसभाबाट सविधान निर्माण हुनुपर्छ भनि संघर्षका गरेका आफूहरु पहिलो सविधानसभामा पीडित बनेको स्मरण गर्दै प्रचण्डले दोस्रो सविधानसभाबाट पनि संविधान बन्दैन कि भन्ने चिन्ता रहेको बताए । तर चिन्ताका साथै सविधानसभाबाट सविधान निर्माण गर्नका लागि आफूहरु सचेत रहेको बताए ।
संविधान निर्माण शान्ति प्रकृयासँग जोडिएको उल्लेख गर्दै उनले शान्ति सम्झौताबाट जोडिएर आएको सविधान नेपाली जनताका निम्ति मौलिकताभित्रको विशेषता रहेको उल्लेख गरे । शान्ति प्रकृयाको सुनिश्चितता नभएसम्म सविधानसभाबाट सविधान निर्माण गर्ने पनि संम्भव नरहेको उनले उल्लेख गरे । उनले पार्टी विभाजनसम्मको जोखिम मोलेर सविधानसभाबाट सविधान निर्माण गरेको पनि दावी गरे ।
संविधानका लागि १३ हजारको बलिदानी
प्रचण्डले संविधानसभाबाट सविधान निर्माण गर्नका लागि १३ हजारले वलिदान दिएको बताए । माओवादी अध्यक्ष प्रचण्डले सविधानसभाबाट सविधान निर्माण गर्नका लागि आवश्यक कम्प्रमाइज गरेको पनि उल्लेख गरे ।
‘अघिल्लो सविधानसभाबाट सहमत भएका कुराहरु दोस्रो सविधानसभामा समाहित होस् भनि निकै संघर्ष गरेका थियौं,’ उनले भने, ‘३० दलीय गठबन्धनबाट पनि त्यसका लागि आन्दोलन गरेका थियौं । सबैको भावनालाई समेटोस् भनि दवाव दिएका थियौं ।’
आवश्यक र प्रयाप्त कम्प्रमाइज गरियो
माओवादी अध्यक्ष प्रचण्डले सविधानसभाको जस्तो बनौट चाहेको जस्तो सविधान बन्ने अवस्था नभएकाले कम्प्रमाइज गर्नुपरेको पनि स्पष्ट गरे । प्राप्त हुने कुरालाई लिदै अगाडि बढ्नुपर्छ भन्ने कुरा भन्दै आएको उल्लेख गर्दै उनले प्राप्त भएका कुराहरु लिन सकिएन भने पाएका कुरा पनि गुम्न सक्ने उल्लेख समाजिक निष्ठाका लागि आफूले थुप्रैपटक योगदान दिएको दावी गरे । उनले आवश्यक र प्रयाप्त कम्प्रमाइज गरेको बताए ।
यो सविधानमा धेरै प्रगतिशील र सकारात्मक कुरा रहेको भनि उनले दाबी गरे । राष्ट्रियता एकता र नेपाली समाजमा एकतामा समस्या आउने हो कि भनि विचार गरेर नै सविधान संशोधनको प्रकृया अगाडि बढायौं यद्यपी यो संसदबाट पारित हुन सकेन भन्दै उनले आफूले जे प्रतिवद्धता राखेको त्यो पूरा गर्ने प्रयास गरेको बताए ।
सविधानसभाबाट बनेको सविधानलाई परिमार्जन गर्दै लैजाने प्राप्त भएका उपलब्धीलाई कार्यान्वयन गर्दै लैजाने दायित्व रहेको बताउँदै प्रचण्डले राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि योगदान दिने बताए । संसदले सविधान संशोधनको प्रकृया आवश्यकता अनुसार अगाडि बढाउने पनि उनले प्रतिवद्धता जनाए ।
तराई, पहाड र हिमाललाई मिलाउन सफल भएको भनि आफूलाई गर्व लागेको बताउँदै उनले तराई मधेशको समस्या समाधानका लागि आफू अग्रसर हुने उल्लेख गरे ।






