- शब्द/तस्बिर: शिव भण्डारी
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो स्थापना दिवसमा ‘एआरएन डे’ मनाएको छ ।
‘एआरएन डे’ का अवसरमा संघका संरक्षक, सल्लाहकार, अध्यक्ष शेष घले, उपाध्यक्षहरु, महासचिव, सचिवलगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
एनआरएनको विश्व सम्मेलनका लागि काठमाडौं आएका विश्वभरका एनआरएनले बिहान स्वयम्भूनाथमा पूजा गरेका छन् । त्यसलगत्तै पशुपतिनाथ पुगेर दीप प्रज्वलन गरिएको थियो ।














