दाङ – दोस्रो चरणको स्थानीय तहमा माओवादी केन्द्रले दाङमा पनि खाता खोलेको छ ।
दाङको राप्ती गाउँपालिका–९ मा रीमबहादुर सुनारीले वडाअध्यक्षमा जित निकालेका छन् ।
यस अघि माओवादीले भोजपुरमा वडा अध्यक्ष जितेको छ । रामप्रसाद राई गाउँपालिका– ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।






