काठमाडौं- नेपाल लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग एकता नहुने जनाएको छ ।
लोकतान्त्रिक फोरमका सहमहामन्त्री शम्भुहरि बास्तोलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेससँग तालमेल गर्ने सहमति भएको तर पार्टी एकीकरण गर्ने बारेमा छलफल नभएको बताउनु भयो ।
‘एकता गर्ने प्रसङ्घ आएकै छैन, हुन पनि सक्दैन’ सहमहामन्त्री बास्तोलाले जनता समाचारसँग भन्नुभयो, ‘‘काँग्रेसभित्रैका केहीले यस्तो हल्ला चलाएका छन् । त्यसमा कुनै सत्यता छैन, निराधार हल्ला मात्रै हो ।’






