काठमाडौं । धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको बलात्कारपछि उनी फरार भएका हुन।
बालिकाका पिताले भने रंगेहात भेटे पनि समाउन नसकेको पनि जनाए।
७२ वर्षीय वृद्ध हाफपाइन्ट र सर्टमात्रै लाएर मोबाइलसमेत नलिई बेपत्ता भएकाले भेट्न गाह्रो भएको गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले बताए ।






