लन्डन, फेलथम, नेपालको हाउजिंग क्षेत्र माथिको लगानीसम्बन्धी समस्या र सम्भाव्यता बारेमा बेलायतबासी पत्रकारहरु बीचमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको हाउजिंग क्षेत्रमा करीब डेढ दशक लामो अनुभव बटुलिसकेको रोड शो रियल स्टेट प्रा. लि. नेपालको बेलायत प्रमुख बाचस्पति रेग्मीको सयोजकत्वमा बसेको उक्त कार्यक्रम लन्डनस्थित फेल्थामको गोर्खा दरबार रेस्टुरेन्ट मा सम्पन्न भएको थियो ।

रोड शो रियल स्टेट हाउजिंग कम्पनीले दीप हाउजिंग पोखरा र यज्ञपुरी हाउजिंग चितवनमार्फत अत्याधुनिक घर तथा फ्ल्याटहरु बनाएर बिक्रि बितरणको काम शुरु गरिसकेको छ भने काठमाण्डौको बुढानिलकण्ठमा पनि अत्याधुनिक घर तयार हुँदै गरेको र बुकिंगसमेत खुल्ला रहेको छ । घर जग्गाको कारोवारमा नेपालमा भएका र घटेका आपराधिक गतिविधिले गर्दा बिदेशमा बसेर नेपालमा घर जग्गा किन्न र बनाउन निकै बिचार पुर्याउनुपर्ने भएकोले त्यस्तो झंजटबाट मुक्ति पाउनको लागि यस्ता हाउजिंगमार्फत घर लिंदा शुरक्षाको दृष्टिकोणले पनि निकै लाभदायक हुने रेग्मीले बताएका थिए । विदेशको आम्दानीको स्रोत देखाएर पनि १५ वर्ष सम्मको मोर्गेज पाउन सकिने ब्यबस्था उक्त हाउजिंग कम्पनीले नै गरिदिने भएकोले निकै सजिलो हुनेछ । एक करोड २० लाख देखि एक करोड ७० लाख मूल्य बराबरका अत्याधुनि सुविधासम्पन्न घरहरुको बिक्रि तथा बुकिंग खुल्ला भएको हुँदा इच्छुक ब्यक्तिहरुले सीधै कम्पनीमा सम्पर्क गर्न सकिने छ । यसका अतिरिक्त बिदेशमै कसैलाई नेपालमा रहेको घर जग्गा बिक्रीवितरण गर्नु परेको खण्डमा पनि कम्पनीले आवश्यक सहयोग गर्नेछ ।
।
बेलायतबाट नेपालमा तैयारी घर खरीद गर्नु परेमा रोड शो रियल स्टेट मार्फ़त बेलायत प्रतिनिधि बाचस्पति रेग्मीलाई सम्पर्क .भिडियो:

घरभित्र आवश्यक पर्ने सम्पूर्ण फर्निचरदेखि लिएर तत्कालको लागि खाध्य सामाग्रीहरुसमेत राखिदिने ब्यबस्था उक्त हाउजिंग कम्पनीले गर्नेछ । उक्त घरहरुमा सम्पूर्ण सुबिधाहरुहरु जस्तै पार्किंग, स्वीमिंग पुल, जिम, पुस्तकालय, बार, इन्टरनेटका साथै चौबीसै घण्टा बिजुली पानीको पनि ब्यबस्था रहनेछ । केही हाउजिंग कम्पनीहरुमार्फत ग्राहकहरुले बिबिध समस्याहरु भोग्दै आइरहेता पनि रोड शो हाउजिंग कम्पनीले भने त्यस्तो किसिमको कुनै पनि झंजट नदिएको र भविष्यमा पनि नदिने दावी रेग्मीको थियो । उक्त हाउजिंग कम्पनिले यसअघि पनि महाराजगंज हाउजिंग, बुढानिलकन्ठ हाउजिंग, धुम्बाराही हाउजिंग लगायतका थुप्रै रेसिडेन्सी भवन तथा अपार्टमेन्टहरु बनाएर सफलता प्राप्त गरिसकेको छ भने थुप्रै स्थानहरुमा जग्गा प्लटिंग गरिसकेको र उक्त कार्य निरन्तर रहेको छ । बिदेशमा बसेर नेपालमा लगानी गर्न इच्चूक तर समय अभावका कारण नेपाल जान नसकेकाहरुको लागि भने यस्तो हाउजिंग कम्पनिमार्फत जाँदा सुरक्षित एबम् भरपर्दो हुने निश्चित देखिन्छ । तर यस्ता हाउजिंग कम्पनीहरुले पनि बिदेशी लगानिहरुलाई आकर्षण गर्नको लागि उनीहरुको लगानीको उचित प्रबन्ध गर्ने क्रममा निर्माण सामाग्रीहरुको गुणस्तर, निर्माण प्रक्रियाको मापदण्ड आदि इत्यादमा ध्यान दिन जरुरी देखिएको छ।
नेपाल पत्रकार महासंघ यूके शाखाको संयोजनमा भएको सो पत्रकार सम्मेलन एक दर्जन भन्दा बढी पत्रकारको उपस्थिती थियो । 






