अमेरिकाको एक भब्य कन्र्सटमा अन्धाधुन्ध गोली प्रहार, ५० भन्दा बढीको मृत्यु

वाशिङ्टन । अमेरिकाको लास भेगासको एक क्यासिनो नजिक भएको गोलीबारीमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । अन्य एक सय जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जवाफी कारवाहीमा आक्रमणकारी पनि मारिएका छन् । लास वेगासको सनसेट स्ट्रिप इलाकाको अर्को एक स्थानमा पनि यस्तै घटना भएको छ । आक्रमणपछि लास भेगास एयरपोर्टमा कयौं उडानको रुट बदलिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मन्डाले वे क्यासिनोको माथिल्लो तलामा गोली चलेको आवाज सुनिएको थियो । यस क्यासिनो नजिक एक म्युजिक फेस्टिबल चलिरहेको थियो ।

भिडियो फुटेजमा म्युजिक फेस्टिबलमा भाग लिइरहेकाहरु ज्यान जोगाउन भागाभाग गरिरहेको दृष्य देखिएको छ । सँगसँगै गोली चलिरहेको आवाज पनि सुनिएको छ ।

लास भेगास प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । घटनास्थल वरपरको क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ । साथै प्रहरीको तैनाथी पनि बढाइएको छ ।