लण्डन । बेलायतको लेस्टर सहरमा रहेको टुकी नेपलिज युथ क्लबले आइतबारको दिनमा उक्त स्थानमा रहेको प्रसिद्ध नेपाली रेस्टुरेन्ट इभरेस्ट डाइनमा बिजया दसमी तथा दिपवोलीको को सुभकामना आर्दन प्रदान तथा सास्कृतिक कार्यक्रम भव्यताका साथ् सम्पन्न गरेको छ ।
क्लबको आइकोन नेपाली टुकी पन्चकन्या द्वारा बालि टिकाराम सापकोटाको आध्य्य्क्षतामा संचालित उक्त कार्यक्रम सह सचिब दिनेस खरेलको अनुपस्थितिमा सस्थापक संयोजक भानुभक्त घिमिरे र सचिब शिव पराजुलीको सयुक्त रुपमा संचालन गर्नु भएको थियो भने सम्पूर्ण उपस्थीत् पाहुनाहरु तथा कार्याक्रम सफल बनाउन रातदिन खटिनु भएका सदस्यहरु शसिधार सापकोटा ,बाबुराम भण्डारी मधु गौतम दावा लामा अन्जन सापकोटा ,रमेस घर्ति मगर लगायतका सदस्यहरु लाइ क्लबको तर्फबाट क्रमस सम्रक्षक रामुसापकोटा ,कोषाअद्क्षय दशरथ खरेल , उपद्क्षय बलराम चौलागाइले सुभकामना मन्तब्य दिनुभएको थियो ।
बृहत नेपालीहरुको उपस्थित रहेको उक्त कार्यक्रम यक्दम रोचक रहेको थियो भने बालकलाकार हरु सितल घिमिरे ,चन्द्रा खत्री, सुगरिमा लामा , कलाकार रुपा खरेल , चन्दा लामा , बलराम चौलागाई र नित्य प्रसिक्षक गोपाल बस्नेतको एकल नित्यले कार्यक्रम अझ मनोरंजन थपेको थियो । एकदम पृथक सैली संचालित उक्त कार्यक्रममा नेपालदेखि आउनु भएको बाबा आमाहरु श्री पिताम्बर न्यौपाने, श्रीमती नन्दिकला न्यौपाने ,श्री बिष्णु प्रसाद खरेल ,श्रीमती चन्द्रा खरेल , श्री टुकराम पाठक ,श्रीमती कल्पना पाठक ज्यु हरु लाइ दोसल्ला ओडाई सम्मानका साथ् कार्यक्रमको मुख्य अथितिको रुपमा रहनु भएको थियो भने स्थानीय लोक तथा आधुनीक गायक रामबन्जाडे ज्यु पनि अथिति रहनु भएको कुरा सम्र्क्षक कमल खरेलले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बाध्यबाजन अन्जन सापकोटा र कमल खरेलले समाल्नु भएको थियो भने आर्थिक पक्ष दशरथ खरेल र कासीराम घिमिरेले गर्नुभएको समेत खरेल ले जानकारी गराउनु भयो । क्लबको उत्तर उत्तर प्रगतिको कामना गर्दे आउने दिनहरुमा पनि येस्तै कार्यक्रम हरु गर्दै जानु भन्दै ८४ बर्षीय बुवा श्री पिताम्बर न्यौपाने ज्यु र तेसै गरि नेपाल देखि आउनु भयका बुवा श्री टुकराम पाठकज्यु ले सुभकामना मन्तब्य समेत दिनु भयको थियो ।
झन्डै ५ बजे देखि ११ बजे सम्म संचालित उक्तकार्यक्रम सम्पूर्ण पदाधीकारी र सुभचिन्तक हरुको कडा मेहनतका साथ् यक्दम र भव्य सभ्य तरिकाले सम्पन्न भएको थियो ।
दिनेश खरेल






